एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलका विंगर साडियो मानेले आफु लिभरपुल आउनुअघि म्यानचेस्टर युनाइटेड जान चाहेको बताएका छन् ।
द टाइम्ससँग कुरा गर्दै मानेले लिभरपुल आउनु भन्दा अगाडी आफुले युनाइटेडबारे मात्र सोच्ने गरेको बताएका हुन् ।
'हामी म्यानचेस्टर युनाइटेडका बारेमा धेरै सोचिरहेका हुन्थ्यौ', मानेले भनेका छन्, ' मेरो लागि त्यो गाह्रो समय थियो किनकि म बेन्चमा थिएँ । त्यसैले म कसैले बोलाउने बारेमा सोच्दै थिइनँ । तर, म खुशी थिए कि योर्गेन क्लोपले गरे ।'
सेनेगलका माने सन् २०१६ मा ३० मिलियन युरोमा लिभरपुल आएका थिए । उनलाई लिभरपुलले साउथह्याम्पटनबाट अनुबन्ध गरेको थियो ।
लिभरपुल आएपछि २७ वर्षे मानेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । गत सिजन लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जित्दा उनको प्रदर्शन उच्च रहेको थियो ।
यस सिजन लिभरपुल प्रिमियर लिगको उपाधि नजिक रहेको छ । तर, कोरोना भाईरसको कारण लिग स्थगित गरिएको छ ।
मानेले लिभरपुलका लागि १ सय ६१ खेलमा ७७ गोल गरिसकेका छन् ।
गत सिजन २२ गोल गर्दै मानेले गोल्डेन बुट जितेला थिए ।