एजेन्सी । जर्मन क्लब वायर लिभरकुसेनले जर्मनीका युवा गोलकिपर लेनार्ट ग्रिललाई अनुबन्ध गरेको छ ।
लिभरकुसेनले बुधबार ग्रिललाई तेस्रो डिभिजन क्लब काईसेरस्लाउटर्नबाट क्लबमा अनुबन्ध गरेको हो ।
जर्मनीका यू-२१ टोलीका गोलकिपर समेत रहेका ग्रिल आगामी सिजनबाट क्लबमा जोडिने छन् ।
२१ वर्षे ग्रिल सन् २०२४ सम्म क्लबमा रहने छन् ।
लिभरकुसेनमा आबद्द भएपछि ग्रिलले युरोपियन फुटबलमा महत्वकांक्षी रहेको क्लबमा आबद्द हुँदा निकै खुसी भएको बताए ।
लिभरकुसेनका स्पोर्टिङ डिरेक्टर सिमोन रोल्फेसले प्रतिभावान गोलकिपर अनुबन्ध गर्न सफल भएको बताए ।