एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले खेलाडीको तलब २० प्रतिशतसम्म कटौती गर्ने भएको छ ।
क्लबकाे आम्दानीमा गिरावट आएपछि रियल मड्रिडले खेलाडीको तलब १० देखि २० प्रतिशतसम्म कटौती गर्ने भएको हो ।
स्पेनिस लिग मार्चसम्मका लागि स्थगित भएकाे छ । कोरोनाको प्रभावका कारण लिग सञ्चालन अनिश्चित बनेको छ ।
पछिल्लो बिग्रदो अवस्थालाई हेरेर रियलले फुटबल टिम र बास्केटबल टिमका खेलाडीको तलबमा कटौती गरेको हो ।
'रियल मड्रिडको फुटबल क्लब र बास्केटबलको पहिलो टिमका खेलाडी, प्रशिक्षक र कप्तानको तलब १० देखि २० प्रतिशत कटौती गर्न क्लबको बोर्ड बैठकले सहमती गरेको छ ।' क्लबले जारी गरेका बिज्ञप्तीमा भनिएको छ ।
'खेलाडी, प्रशिक्षक र कर्मचारीद्धारा स्विकार गरिएको यस निर्णयले यस कठिन अवस्थामा संस्थाको लक्ष्य प्राप्तिमा ठुलो सहयोग पुग्नेछ ।' क्लबले भनेको छ ।
रियलले यस कठिन अवस्थामा साथ दिने सबैमा धन्यवाद समेत ज्ञापन गरेको छ ।
रियल मड्रिडको सहरीप्रतिद्वन्दी एट्लेटिको मड्रिड र बार्सिलोनाले यसअघिनै खेलाडीको तलब कटौती गर्ने घोषणा गरेका छन् । उनीहरुले पहिला टिमको तलब ७० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेका छन् ।