• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
कोरोनाविरुद्धको अभियानमा खेलाडी तथा युवा परिचालन गर्ने निर्णय
खेलपाटी संवाददाता
बुधबार, चैत २६, २०७६ खेलपाटी संवाददाता
कोरोनाविरुद्धको अभियानमा खेलाडी तथा युवा परिचालन गर्ने निर्णय
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा । फाेटाे : खेलपाटी

काठमाडौं । सरकारले कोरोना संक्रणमबिरुद्वको अभियानमा खेलाडी सहित युवा परिचालन गर्ने भएको छ ।

मन्त्रीपरिषद्को निर्णय अनुसार युवा तथा खेलकुद मन्त्रालयले कोरोना संक्रमणबिरुद्वको अभियानमा राहत वितरण लगायतका काममा युवा, खेलाडी तथा स्काउटलाई स्वंयमसेवकको रुपमा परिचालन गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सहित मन्त्रालय अन्तर्गतका निकायका प्रमुखको मंगलबार बसेको बैठकले आफ्ना मातहत भएका कामलाई एकिकृत तरिकाले अघि बढाउने निर्णय गरेको छ ।

यस्तै, बैठकले युवा तथा खेलकुद मन्त्रीको संयोजकत्वमा ९ सदस्यीय स्वंयमसेवक व्यवस्थापन तथा परिचालन समिति गठन गरिएको छ ।

समितिले कोरोनाबिरुद्वको अभियानमा राहात वितरण लगायतमा युवा, खेलाडी तथा स्काउटलाई स्वंयमसेवकको रुपमा व्यवस्थापन तथा परिचालन गर्ने, योजना बनाउने र निर्णय कार्यान्वयनका लागि आवश्यक समन्व्य गर्नेछ ।

समितिमा युवा तथा खेलकुद मन्त्री सहित मन्त्रालयका सचिव रामप्रसाद थपलिया, युवा बिज्ञ माधव ढुङ्गेल, राखेप सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारी, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख बाबुराम ढुङ्गाना, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतम र मन्त्रीले तोकेका एक जना बिज्ञ रहनेछन् । समिति सदस्य सचिवमा मन्त्रालयका सहसचिव मानबहादुर बीके रहनेछन् ।

बैठकले स्थानीय तथा प्रदेश सरकारसंग समन्व्य गरिेर स्वंयमसेवक व्यवस्थापन तथा परिचालन गर्नका लागि युवा परिचालनको जिम्मेवारी राष्ट्रिय युवा परिषद्, खेलाडी परिचालनको जिम्मेवारी राखेप, स्काउट परिचालनको जिम्मेवारी नेपाल स्काउटलाई दिने निर्णय गरेको छ ।

यस्तै, युवा, खेलाडी तथा स्काउटका स्वंयमसेवकलाई आवश्यकता अनुसार स्वंयमसेवकीय भूमिकामा आ आफ्नो ठाउँमा परिचालन गर्न सबै स्थानीय तह र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै स्वंयमसेवकलाई सामाजिक दुरी कायम राखेर सावधानीपूर्वक काममा परिचालन हुन बैठकले अनुरोध गरेको छ ।

बैठकले स्वंयमसेवकको रुपमा परिचालन हुने सबैको कामको क्षेत्र समेत निर्धारण गरेको छ ।

अभियानमा स्वंयमसेवकको रुपमा परिचालित हुने खेलाडी तथा युवा स्वंयमसेवीले विदेशबाट फर्किएका र संभावित संक्रमितलाई पहिचान गरि सम्बन्धित निकायलाई जानकारी गराउने, क्वारेन्टाईनमा बस्न प्रेरित गर्ने, क्वारेन्टाईन निर्माणमा सहयोग गर्ने, सम्भावित संक्रमितलाई स्वास्थ्य परिक्षण गराउन सघाउने, विरामीलाई अस्पताल पुर्याउन सहयोग गर्ने, स्वास्थ्य सामाग्री तथा उपकरणको वितरण र व्यवस्थापनमा सम्बन्धित निकायलाई सघाउने, कृषी बाली भित्राउन किशानलाई सहयोग गर्ने लगायतका काम गर्नेछन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP