एजेन्सी । क्रिस्टियानो रोनाल्डो र मिगुएल भेलोसो पोर्चुगलका 'टिम मेट' खेलाडी हुन् । तर, व्यावसायिक फुटबल भने फरक क्लबबाट खेल्छन् ।
रोनाल्डो इटालियन सिरी 'ए' च्याम्पियन युभेन्ट्सबाट खेल्छन् भने भेलोसो हेलास भेरोनाबाट खेल्दै आएका छन् ।
तुलनात्मक कमजोर टिम भेरोनाले यसै सिजनको लिगमा युभेन्ट्सलाई २-१ ले हराएको थियो । उक्त हारपछि पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डो निकै रिसाएका थिए ।
तर, डिफेन्सिभ मिडफिल्डर भेलोसोले त्यसबेला रोनाल्डो रिसाएको देख्दा आफुलाई खुसी लागेको बताएका छन् ।
उनले रोनाल्डो र उनको टिमविरुद्ध जित निकाल्नु कठिन रहेको तर त्यस जित आफुलाई सुन्दर लागेको समेत बताए ।
'रोनाल्डोलाई हराउनु कौतुहुलताको विषय हो । र, सुन्दर पनि । किनकी मलाई थाहा छ उ हार्न चाहदैनन्,' ३३ वर्षे भेलोसोले इन्स्टाग्राममा भनेका छन्, 'उ रिसाएको देख्दा खुसी लागेको थियो । तथापी खेलपछि हामीले कुरा गरेका थियौं ।'

कोरोना भाईरसको कारण इटालियन सिरी 'ए' लिन अनिश्चित कालका लागि स्थगित गरिएको छ । लिगमा युभेन्ट्स शीर्ष स्थानमा रहेको छ । युभेन्ट्स लाजियो भन्दा मात्र १ अंकले अघि रहेको छ ।
हेलास भने लिगको आठौं स्थानमा रहेको छ । हेलासले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
यस्तै भेलोसोले यस सिजन आफ्नो प्रदर्शन उत्कृष्ट भएको समेत बताए ।
'यो मेरो उत्कृष्ट सिजन हो । यसको धन्यवादको पात्र म मात्र नभएर टिमलाई जान्छ । म स्टाफ र टिमका साथीहरुलाई धन्यवाद दिन चाहन्छु,' भेलोसोले भने ।