एजेन्सी । इंग्ल्यान्ड तथा टोटेनहमका पूर्व स्ट्राइकर जिमी ग्रिभ्स अस्पताल भर्ना भएका छन् ।
टोटेनहमले ८० वर्षीय जिमी अस्पताल भर्ना भएको पुस्टि गरेको छ । तर, उनको रोगबारे केहि बताईएको छैन ।
सन् १९६६ को विश्वकप विजेता टिमका सदस्य जिमीले इंग्ल्यान्डका लागि ५७ खेलमा ४४ गोल गरेका थिए । इंग्ल्यान्डका लागि सर्वाधिक धेरै गोल गर्ने खेलाडीको चौंथो नम्बरमा उनी रहेका छन् ।
जिमी टोटेनहमका सर्वाधिक गोलकर्ता फरवार्ड हुन् । उनले क्लबका लागि २ सय २० लिग गोल गरेका थिए ।
उनले चेल्सी र वेष्ट ह्यामबाट समेत खेलेका थिए ।