एजेन्सी । इंग्ल्यान्ड फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले तलब कटौती गर्ने भएका छन् ।
कोरोना भाईरसको कारण साउथगेटले आफ्नो तलबमा ३० प्रतिशत कटौती गर्ने भएका हुन् ।
इंग्ल्यान्ड फुटबल एसोसियसनकै सर्वाधिक धेरै तलब बुझ्ने कर्मचारी रहेका साउथगेटले ३ मिलियन पाउण्ड तलब बुझ्दै आएका छन् ।
यस्तै ५० हजार पाउण्ड र त्यसभन्दा माथि तलब बुझ्ने कर्माचारीले ७.५ प्रतिशत र सिनियर म्यानेजमेन्ट टिमले १५ प्रतिशत तलब कटौती गर्न राजी भएको एफएले जनाएको छ ।
यस्तै प्रिमियर लिगका खेलाडी तलब कटौतीका लागि सहमतिमा आएको बताईएको छ ।
प्रिमियर लिग क्लबले गत साता खेलाडीलाई ३० प्रतिशत तलब कटौतीका लागि प्रस्ताव गरेको थियो ।