एजेन्सी । जर्मन क्लब वायर्न म्युनिखले टिमको प्रशिक्षण सुरु गरेको छ ।
बुन्डेस लिगा लिग लिडर क्लब वायर्नले सोमबारबाट प्रशिक्षण थालेको हो ।
कोरोना भाईरसको कारण लिग स्थगित भएपछि वायर्नले प्रशिक्षण समेत रोकेको थियो ।
तर, सोमबारबाट वायर्नले सानो समूह बनाएर टिमको प्रशिक्षण सुरु गरेको हो ।
वायर्नले कोरोनाको संक्रमणलाई मध्येनजर गर्दै सरकारको निर्देशन अनुशरण गरेर तयारी सुरु गरेको जनाएको छ ।
पहिलो दिनको प्रशिक्षणपछि टिमका कप्तान म्यानुएल निउरले सानो समूहमा अभ्यास गर्दा फरक अनुभूती भएको बताए ।
'साना समूहमा प्रशिक्षण सत्र आयोजना गर्नु एउटा असामान्य अनुभूति हो । तर साथीहलाई फेरि व्यक्तिगत रूपमा देख्दा पनि खुशी लाग्यो ।' उनले भने, 'म क्लब र सबै सहयोगीहरूलाई धन्यवाद दिन चाहन्छु जसले हामीलाई कठिन समयमा फुटबल प्रशिक्षण पूरा गर्न सम्भव तुल्याएका छन् ।'
कोरोनाको कारण बुन्डेसलिगा फुटबल अनिश्चित कालका लागि स्थगित गरिएको छ ।