एजेन्सी । इन्ग्लिश क्लब चेल्सीका विंगर विलियनले चेल्सी छाड्ने भएका छन् ।
ब्राजिलियन स्टारको चेल्सीसंगको सम्झौता जुनको अन्तिममा सकिदैछ ।
चेल्सीले विलियनसँग सम्झौता नवीकरण गर्ने चाहेको छ । तर, विलियनले चेल्सीसँगको सम्झौता कठिन भएको बताएका छन् ।
'सबैलाई थाहा छ मेरो सम्झौता केहि महिना मात्र बाँकी छ । तर, यस्तो देखिएको छ कि मेरो सम्झौता नवीकरण गाह्रो छ,' विलियनले फक्स स्पोर्ट्स ब्राजिलसँग भनेका छन् ।
विलियन सन् २०१३ मा चेल्सी आएका थिए । चेल्सीका लागि उनी निकै महत्वपूर्ण खेलाडी रहेका छन् ।
चेल्सीले विलियनसँग थप दुई वर्षको सम्झौता गर्न चाहेको छ । तर, विलियनले भने तीन वर्ष भन्दा बढी समयको नविकरण गर्न चाहेको बताएका छन् ।
'मलाई लाग्छ सम्झौता नवीकरण हुने सम्भावना कम छ । किनकि चेल्सीले दुई वर्षको प्रस्ताव गरेको छ । मैले तीन वर्षको मागेको छु,' उनले भने ।
विलियन अनुबन्धको लागि इन्ग्लिश क्लब टोटेनहम र इटालियन क्लब युभेन्ट्सले चासो देखाएको छ ।