एजेन्सी । जर्मन क्लब वायर्न म्युनिखले आज (सोमबार) बाट प्रशिक्षण थाल्ने भएको छ ।
वायर्नले कोरोना भाईरसको संक्रमण र सरकारको निर्देशन अनुशरण गर्दै सोमबारबाट टिमको तयारी सुरु गर्ने जनाएको छ ।
सानो समूह बनाएर टिमको तयारी गर्ने वायर्नले जनाएको छ ।
'सानो समूह बनाएर वायर्न म्युनिखको पहिलो टिमको प्रशिक्षण सोमबारबाट सुरु हुनेछ,' वायर्नले भनेको छ,' सरकारी नीति र सान्दर्भिक अधिकारीहरूसँगको समन्वयमा गरिनेछ । सरकारको नियम कडाइका साथ पालना हुनेछ।'
कोरोनाको कारण बुन्डेस लिगा फुटबल अनिश्चित कालका लागि स्थगित गरिएको छ ।