एजेन्सी । चिरप्रतिद्वन्दी क्लब क्लब ईन्टर मिलानका फरवार्ड मौरो ईकार्डीलाई अनुबन्ध गर्नमा एसी मिलानले चासो देखाएको छ ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा लोनमा खेलिरहेका ईकार्डीलाई अनुबन्ध गर्न एसी मिलान लालायित देखिएको हो ।
पेरिसमा रहेका ईकार्डी आफैपनि लोनमा पीएसजी बस्न अनिच्छुक छन् । उनी ईन्टर मिलानबाट लोनमा पीएसजी गएका थिए ।
ईन्टर मिलानमा खासै चम्किन नसकेका ईकार्डीले पीएसजी पुगेर लय भेट्टाएका छन् ।
पीएसजीसंग ईकार्डी किन्न सक्ने विकल्प समेत छ । तर क्लबका फरवार्डनै लिग वान क्लबमा बस्न चाहदैनन् ।
अर्जेन्टिनी फरवार्डले यस सिजन सबै प्रतियोगितामा २० गोल गरेका छन् ।

फ्रान्सेली क्लबलाई ६३ मिलियन पाउण्डमा ईकार्डी अनुबन्ध गर्न सक्ने विकल्प छ । तर ईकार्डीले पीएसजीमा बस्ने कुनै योजना बनाएका छैनन् ।
युभेन्ट्सले समेत अर्जेन्टिनी फरवार्डसंग जोडिएको थियो । तर ईकार्डी अनुबन्धको छलफल टुङ्गोमा पुग्न सकेन ।
रिपोर्टहरुका अनुसार मिलान क्लब ईकार्डी अनुबन्धमा प्रयास गरिरहेको छ । अर्जेन्टिनी फरवार्डलाई लिन एसी मिलानले ठुलो रकम खर्च गर्नुपर्नेछ ।
क्लब उनीमाथि तोकिएको रकम तिर्न तयार समेत देखिएको छ ।