एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीले डिफेन्डर केली वाल्करलाई अनुशासनको कारबाही गर्ने भएको छ ।
कोरोना भाईरसको कारण लकडाउनको समय घरमा पार्टीको आयोजना गरेको पाईएपछि सिटीले वाल्करलाई कारबाहीको तयारी थालेको हो ।
इन्ग्लिश डिफेन्डर केलीले गत साता घरमै पार्टीको आयोजना गरेको खुलासा भएको थियो ।
सिटीले आइतबार एक विज्ञप्ति निकाल्दै वाल्करले सरकारको नियम उलंघन गरेको जनाएको छ ।
वाल्करले पनि पार्टी गरेको स्वीकार गरेका छन् । यस्तै उनले आफ्नो कार्यमा गल्ती महसुस गरेको भन्दै माफी मागेका छन् ।