एजेन्सी । युरोपियन फुटबल महासंघ (युईएफए) का अध्यक्ष एलेक्जेन्डर सेफरिनले च्याम्पियन्स लिग र युरोपाको फाइनल खेल अगष्टमा हुने बताएका छन् ।
जर्मन टेलिभिजन जेटडीएफसँग कुराकानी गर्दै अध्यक्ष सेफरिनले कोरोना भाईरसको महामारीको कारण स्थगित च्याम्पियन्स लिग र युरोपाको फाइनल अगष्टमा हुने बताएका हुन् ।
उनले फाइनलको सम्भावित मिति अगष्ट ३ रहेको समेत बताए ।
'च्याम्पियन्स लिग र युरोपा लिग दुवै अगष्ट ३ सम्म सकिन्छ,' उनले भनेका छन् ।
कोरोना विश्वभर महामारीको रुपमा फैलिएपछि युईएफएले च्याम्पियन्स र युरोपा लिग अनिश्चित कालका लागि स्थगित गरेको छ ।
यस्तै अध्यक्ष सेफरिनले परिस्थिति सहज भए त्यसअघि नै प्रतियोगिता सकिने समेत बताए ।
कोरोनाकै कारण युरोकप र ओलम्पिक लगायतका ठुला प्रतियोगिता एक वर्ष पछि सारिएको छ ।