जाभीद्वारा बार्सिलोनाको अस्पताललाई सहयोग
आइतबार, चैत २३, २०७६खेलपाटी संवाददाता

एजेन्सी । स्पेन तथा बार्सिलोनाका पूर्व मिडफिल्डर जाभी हर्नान्डेजले कोरोना भाईरसविरुद्ध लड्न १ मिलियन युरो आर्थिक सहायो गरेका छन् ।
कोरोनाविरुद्ध लडिरहेको बार्सिलोनाका एक अस्पताललाई जाभीले १ मिलियन सहयोग गरेका हुन् ।
बार्सिलोनाको हस्पिटल क्लिनिक नामक अस्पताललाई जाभीले सहयोग गरेका हुन् ।
कतारी क्लब अल सादका मुख्य प्रशिक्षक जाभीले उपलब्ध गराएको सहयोगबाट अस्पतालले आवश्यक औषधि तथा चिकित्सा उपकरणहरु किन्ने छ ।
उक्त अस्पतालले स्वास्थ्यकर्मीहरूको लागि चिकित्सा उपकरण तथा व्यक्तिगत सुरक्षा उपकरणहरू किन्नका लागि जनतासँग चन्दा दिन अपील समेत गरेको छ।
गत महिना यसै अस्पताललाई म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीवाला र बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सहयोग गरेका थिए ।











