'युनाइटेड छाडेपछि परिपक्क भएको छु'

एजेन्सी । इटालियन क्लब इन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुले इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेड छाडेपछि आफु परिपक्क भएको बताएका छन् ।
स्काई स्पोर्ट्ससँग कुरा गर्दै लुकाकुले सिरी ए क्लब मिलान आएपछि आफु परिपक्क भएको बताएका हुन् ।
बेल्जियमका फरवार्ड लुकाकु यसै सिजनको सुरुवातमा इटाली पुगेका थिए ।
'तपाई जब परिपक्क हुनुहुन्छ । त्यसमा तपाई मात्र होईन,' लुकाकुले भने, 'गोल गर्नु मेरो लागि ड्रग्स हो । त्यसैले म यहाँ बस्छु । तर,तपाई बूढो हुनुभयो भने तपाईले आफ्नो बुद्धिमत्ता प्रयोग गर्नुपर्नेछ । म खेलको विद्यार्थी हुँ।'
यस्तै लुकाकुले टिमको जितका लागि आफुले सक्दो सयोग गर्ने बताए ।
'मलाई लाग्छ म मेरो टोलीलाई मद्दत गर्न सकु । म गोलका लागि सहयोग गर्न सक्षम हुनुपर्दछ,' उनले भने ।
लुकाकुले मिलानमा पहिलो सिजननै उत्कृष्ट खेलिरहेका छन् । कोरोना भाईरसओ कारण लिग स्थगित हुनु अघि लुकाकुले २५ खेलमा १७ गोल गरिसकेका छन् ।
कोरोनाको महामारीको कारण सिरी ए लिग अनिश्चित कालका लागि स्थगित गरिएको छ ।