एजेन्सी । जापानमा अर्को वर्ष आयोजना हुने टोकियो ओलम्पिकमा सहभागी हुने फुटबल खेलाडीको उमेर एक वर्ष बढाउने तयारी गरिएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २४ वर्षसम्मका खेलाडीले टोकियो ओलम्पिक खेल्न पाउने नियम बनाउने तयारी गरेको हो ।
कोरोना भाईरसको कारण ओलम्पिक एक वर्ष पछि सरेपछि फिफाले फुटबल टिमका खेलाडीको उमेर बढाउने तयारी गरेको हो । यस अघि ओलम्पिकमा २३ वर्ष मुनिका खेलाडीले मात्र खेल्ने प्रावधान रहेको छ ।
फिफाको अनुसार टोकियो ओलम्पिकमा सन् १९९७ जनवरी १ सम्म जन्मिएका खेलाडीले खेल्न पाउने छन् ।
तर, फिफाले आधिकारिक रुपमा भने निर्णय गरेको छैन ।
ओलम्पिकमा महिलातर्फ भने राष्ट्रिय टिमले खेल्न पाउने छन् ।
यसै वर्ष तय भएको ओलम्पिक कोरोना भाईरसको महामारीको कारण सन् २०२१ को जुलाई २३ बाट सुरु हुनेछ ।