एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर आन्द्रेस परेइराले आफु लामो समय क्लबमा रहेर उपाधि जित्न चाहेको बताएका छन् ।
युनाइटेडको वेबसाइटसँग कुरा गर्दै मिडफिल्डर आन्द्रेसले आफु युवा अवस्थामै क्लब आएको कारण अझै लामो समय बस्ने र उपाधि जित्ने बताएका हुन् ।
२४ वर्षे मिडफिल्डर आन्द्रेसले सन् २०१४ मा युनाइटेडको सिनियर टिममा डेब्यु गरेका थिए ।
'युनाइटेडमा हुँदा म सम्मानित महसुस गर्छु त्यसैले पनि, म युनाइटेडमै रहन चाहन्छु। म युनाइटेडका लागि लड्न चाहन्छु । खेल जित्न चाहन्छु र उपाधि जित्न चाहन्छु,' आन्द्रेसले भनेका छन् ।
उनले सन् २०१६ र १७ को सिजन ग्रानडा र सन् २०१७-१८ को सिजन भ्यालेन्सियाबाट लोनमा खेलेका थिए ।
नर्वेजियन प्रशिक्षक ओले गुनार सोल्सायर आएपछि आन्द्रेसले क्लबमा मौका पाउदै आएका छन् । यस सिजन उनले ३७ खेल खेलिसकेका छन् ।
यस्तै ब्राजिलियन मिडफिल्डर आन्द्रेसले प्रशिक्षक सोल्सायरले युवालाई मौका दिने गरेको र आफुहरुले सक्दो राम्रो गर्ने प्रयास गरेको बताए ।
'जब म युनाइटेड आए म युवा नै थिए । पक्कै पनि युनाइटेड विशाल क्लब हो तर युनाइटेडले युवाहरुलाई मौका दिन्छन,' उनले भने, 'मलाई नि त्यहिँ भयो । ओलेलाई थाहा छ हामीहरु सँधै उसको लागि रहन्छौं। युवा खेलाडीहरूले उनको रक्षाको लागि सबै गर्छन । किनकि उनले हामीलाई आफ्नो सबै भरोसा दिन्छन् ।'