एजेन्सी । कोरोना भाईरसको महामारीको कारण आगामी जुन महिनामा तय भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगित हुने भएको छ ।
कोरोना भाईरसलाई आधार बनाएर काम गर्नका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बनाएको कोभिड-१९ समितिले जुन महिनामा तय भएको सम्पूर्ण खेल स्थगित गर्न सुझाब दिएको छ ।
भिडियो च्याटमार्फत बसेको बैठकले फिफा कोभिड-१९ समितिले फिफालाई खेल स्थगित गर्न सुझाब दिएको हो ।
आगामी जुनमा विभिन्न देशको मैत्रीपूर्ण खेल हुने तालिका रहेको छ । जसमा स्पेनले पोर्चुगल, जर्मनीले स्विजरल्याण्ड र इंग्ल्यान्डले रोमानियासँग खेल्ने तालिका रहेको छ ।
तर, फिफाले अब यस मैत्रीपूर्ण खेललाई स्थगित गर्ने भएको छ ।
चीनबाट फैलिएको कोरोनाको कारण युरोप सबैभन्दा बढी प्रभावित भएको छ । इटालीमा १४ हजार र स्पेनमा ११ हजार बढी मानिसको मृत्यु भईसकेको छ ।
कोरोनाको कारण युरोकप, ओलम्पिक खेलकुद लगायतका ठुला प्रतियोगिता एक वर्ष स्थगित भईसकेको छ ।