एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लबले खेलाडीलाई तलब कटौतीका लागि प्रस्ताव गरेको छ ।
भिडियो कलमार्फत शुक्रबार बसेको क्लबहरुको बैठकले खेलाडीलाई ३० प्रतिशत तलब कटौतीको प्रस्ताव गरेको हो ।
कोरोना भाईरसको महामारीको कारण क्लबलाई पर्ने आर्थिक संकटलाई मध्ये नजर गर्दै तलब कटौतीको तयारी गरिएको हो ।
कोरोनाको कारण स्पेन, इटाली लगायतका ठुला क्लबका खेलाडीले तलब कटौती गर्न राजी भईसकेका छन् ।
बार्सिलोना, रियल मड्रिड, युभेन्ट्स, वायर्न म्युनिख, बोरुसिया डर्टमण्ड लगायतका खेलाडी तलब कटौतीका लागि राजी भएका छन् ।
तर, प्रिमियर क्लबका खेलाडीले भने तलब कटौतीको विषयमा कुनै निर्णय भएको थिएन ।
यस्तै प्रिमियर लिगले कोरोनाविरुद्ध लडिरहेका नेसनल हेल्थ सर्भिस (एनएचएस), समुदाय तथा गरिब परिवारका लागि २० मिलियन पाउण्ड सहयोग गर्ने निर्णय गरेको छ ।
त्यस्तै ईएफएल लिग र नेसनल लिग क्लबका लागि १ सय २५ मिलियन पाउण्ड सहयोग गर्ने निर्णय गरेको छ ।
ईएफएल लिग पनि अनिश्चित कालका लागि स्थगित गरिएको छ ।