एजेन्सी । लिभरपुलका फरवार्ड साडियो मानेले 'स्काई स्पोर्ट्स प्रिमियर लिग प्लेयर अफ दि सिजन' अवार्ड जितेका छन् ।
स्काई स्पोर्ट्सले संचालन गरेको अनलाइन भोटमा सर्वाधिक धेरै मत प्राप्त गर्दै मानेले प्लेयर अफ दि सिजन अवार्ड जितेका हुन् ।
अवार्ड जित्ने क्रममा मानेले ३३ प्रतिशत मत प्राप्त गरे । सेनेगलका मानेले लिभरपुलकै जोर्डन हेण्डरसनलाई पछि पारे । हेण्डरसनले ३१ प्रतिशत मत ल्याएर दोस्रो स्थानमा रहे ।
म्यानचेस्टर सिटीका केभिन डी ब्रोएनले २० प्रतिशत मत पाएर तेस्रो स्थानमा रहे ।
यस्तै लिभरपुलका मोहमद सलाहले २ तथा भिर्गिल भान डाईकले ५ प्रतिशत मत पाएका थिए ।