एजेन्सी । प्रिमियर लिगका ठुला क्लब चेल्सी र म्यान्चेष्टर सिटीले अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेज अनुबन्धमा चासो देखाएका छन् ।
सिरि ए क्लब ईन्टर मिलानका फरवार्डलाई अनुबन्ध गर्न दुवै क्लब मोटो रकम खर्च गर्न तयार देखिएका हुन् ।
युरोपका ठुला क्लबले युवा फरवार्डमाथि आखाँ लगाईरहेका छन् । ईङ्ल्याण्डका दुई ठुला क्लब समेत ईन्टरका फरवार्डलाई प्रिमियर लिगमा ल्याउन उत्सुक देखिएका हुन् ।
स्पेनिस मिडिया स्पोर्ट्सका अनुसार मार्टिनेज अनुबन्धमा ला लिगा लिडर बार्सिलोना अगाडी देखिएको छ । २२ बर्षका फरवार्ड आफैपनि बार्सिलोना जान चाहन्छन् । उनले यस सिजन ईन्टर मिलानका लागि १६ गोल गरिसकेका छन् ।
ठुला क्लबहरुको रुचिका बाबजुट मार्टिनेजका एजेन्ट अल्बर्टो येकले उनको भविष्यको बिषयमा कुनैपनि क्लबसंग औपचारिक छलफल अघि नबढेको बताएका छन् ।
‘उनको प्रर्दशनको सुधार अनुपातलाई हेर्दै विश्वका ठुला क्लबले उनलाई हेरिरहेका छन् । एजेन्ट येकले भनेका छन् ।

चेल्सी फरवार्ड लाईनमा राम्रो विकल्प तयार गर्न चाहन्छ । टोमी अब्राहमसंगै ओलिभर जिराउड र मिक्सी बत्साउई फरवार्ड लाईनमा भएपनि थप एक राम्रो विकल्प लण्डन क्लबले खोजिरहेको छ ।
जिराउड र बत्साउईले समर ट्रान्सफरमा चेल्सी छाड्ने मन बनाएका छन् । त्यसैलेपनि प्रशिक्षक फ्राङ्क लाम्पार्डले राम्रो विकल्प खोजिरहेका छन् ।
च्याम्पियन्स लिगमा दुई सिजन प्रतिबन्ध भोगेको सिटी नयाँ फरवार्ड क्लबमा थप्न चाहन्छ । मार्टिनेजलाई सय मिलियन पाउण्ड खर्च गरेमा ईन्टरले छाड्न सक्ने अनुमान गरिएको छ ।
स्पेनिस महारथी क्लब बार्सिलोनासमेत मार्टिनेज र नेयमारलाई समर ट्रान्सफरमा खरिद गर्न चाहन्छ । बार्सिलोनाले उसमान डेम्बेलेलाई छाड्ने बताईसकेको छ ।
डेम्बेले आफै चोटबाट मुक्तहरु संघर्षरत रहेका छन् । उनी सन् २०१७ मा बोरुसिया डर्टमण्डबाट नाउ क्याम्प आएका थिए ।