जेरोमी बोआटेङलाई जरिवाना

एजेन्सी । जर्मन क्लब वायर्न म्युनिखले डिफेन्डर जेरोमी बोआटेङलाई जरिवाना गरेको छ ।
सरकारको लकडाउनको उलंघन गरेको भन्दै वायर्नले बोआटेङलाई जरिवाना गरेको हो ।
क्लबको अनुमतिबिना विरामी छोरालाई भेट्न गएपछि उनलाई जरिवाना गरिएको हो ।
वायर्नले एक विज्ञप्ति निकाल्दै उनको व्यवहारको कारण जरिवाना गरिएको र जरिवाना रकम स्थानीय अस्पताललाई प्रदान गरिने जनाएको छ । जरिवाना रकम भने खुलाईएको छैन ।
'वायर्न डिफेन्डर बोआटेङ क्लबको अनुमतिबिना म्युनिख छाडेका थिए । बोआटेङले क्लबको नियमहरु उलंघन गरेका छन्,' क्लबले भनेको छ, 'यस अपराधको परिणामस्वरूप क्लबले बोआटेङलाई जरिवाना गर्नें निर्णय गरेको छ । उक्त पैसा क्लबले म्युनिखको अस्पताललाई दान दिनेछ ।'
बोआटेङले क्लबको जरिवाना स्वीकार गरेका छन् । तर, उनले छोरा भेट्न जानु आफ्नो कर्तव्य भएको बताएका छन् ।
'यदि यो न्यायसंगत छ भने म जरिवाना स्वीकार गर्छु । मलाई थाहा छ कि मेरो यात्राको बारेमा क्लबलाई सूचित नगरेको गल्ती थियो,' उनले भनेका छन्, 'तर, त्यो क्षणमा मैले मेरो छोराको बारेमा मात्र सोचेँ। उनी स्वास्थ्यको लागि खराब अवस्थामा थिए।'