एजेन्सी । इटालियन सिरी 'ए' क्लबलाई प्रशिक्षणका लागि आगामी अप्रिल अन्तिम सातासम्मको प्रतिबन्ध लागेको छ ।
इटालियन सरकारले कोरोना महामारीलाई मध्येनजर गर्दै शीर्ष डिभिजनको क्लबलाई अप्रिल १३ सम्म प्रशिक्षणको प्रतिबन्ध लगाएको हो ।
सिरी 'ए' क्लबले टिमको प्रशिक्षण थाल्ने तयारी गरिरहेको बेला इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले प्रशिक्षण रोक्न निर्देशन दिएका छन् ।
नापोली र लाजियोले टिमको प्रशिक्षणको तयारी गरिरहेको थियो । तर, प्रधानमन्त्रीको निर्देशनसँगै नापोली र लाजियोको योजना स्थगित भएको छ ।
चीनबाट फैलिएको कोरोना भाईरसको कारण इटाली चपेटा रहेको छ । कोरोनाको कारण इटालीमा १३ हजार बढी मानिसको मृत्यु भईसकेको छ भने १ लाख भन्दा बढी मानिस संक्रमित रहेका छन् ।
कोरोनाको कारण इटाली सरकारले अप्रिल १३ सम्म लकडाउनको घोषणा गरेको छ ।
यस्तै इटालियन सिरी 'ए' अनिश्चित कालका लागि स्थगित गरिएको छ ।