एजेन्सी । म्यान्चेष्टर युनाईटेडका फरवार्ड मार्कुस रासफोर्डले जर्मन क्लब बोरुसिया डर्टमण्डका युवा स्टार जाडोन साञ्चोलाई स्वागत गर्न आफु तयार रहेको बताएका छन् ।
प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडसंग जोडिएका साञ्चोलाई ओल्डट्राफोर्डमा देख्न आफु आतुर रहेको रासफोर्डले बताएका हुन् ।
‘उनी विश्वस्तरका खेलाडी हुन् । आशा गरौ, हामी संगै खेल्नेछौ ।’ रासफोर्डले साञ्चोको स्वागतमा भनेका छन् ।
उनले साञ्चोलाई ओल्डट्राफोर्डमा भित्र्याउन सकिए क्लबका लागि ठुलो उपलब्धि हुने बताए ।
साञ्चोले यसै सिजन सबै प्रतियोगितामा १७ गोल गर्नुका साथै १९ गोलको अवसर सिर्जना गरेका छन् ।
सोही कारण २० बर्षका युवा स्टारलाई अनुबन्ध गर्न युनाईटेड लागि परेको छ । युनाईटेडसंगै प्रिमियर लिगको अर्को क्लब लिभरपुल समेत साञ्चोसंग जोडिएको छ ।

रासफोर्डले साञ्चोसंग ईङ्ल्याण्डको तर्फबाट संगै खेलेका छन् । सोही कारण रासफोर्डले साञ्चो अनुबन्ध गर्न सकिए क्लबका लागि महान हस्ताक्षर हुने स्विकार गर्छन् ।
एक अन्तरवार्तामा रासफोर्डले भनेका छन्, ‘उनी पक्कैपनि राम्रा छन् । उनी महान खेलाडी हुन् । उनी नयाँ युगका खेलाडी हुन् ।’
‘हामी उनलाई हेर्न आतुर छौ । किनकी उनी त्यस्तै खेलाडी हुन् ।’ रासफोर्डले थपे, ‘आशा गरौ, हामीसंगै खेल्नेछौ । त्यो निकै राम्रो हुनेछ ।’
युनाईटेडसंगै चेल्सी समेत साञ्चो अनुबन्धको दौडमा छ । तर दुवै क्लब डर्टमण्डले अघि सारेको सय मिलियन पाउण्ड भन्दा माथिको मुल्य भेटाउन सकिरहेका छैनन् ।
युनाईटेड साञ्चोका एजेन्टसंग सम्पर्कमै छ । कोरोना भाईरसको प्रभावका कारण दुवै पक्षले औपचारिक रुपमा प्रस्तावमाथि छलफल गर्न पाएका छैनन् ।