एजेन्सी । युरोपेली फुटबल महासंघ (यूईएफए) ले च्याम्पियन्स लिग र युरोपा लिगका सम्पूर्ण खेल अनिश्चितकालका लागि स्थगित गरेको छ ।
यूईएफएले एक विज्ञप्ति जारी गर्दै च्याम्पियन्स लिग र युरोपा लिगका सबै खेल अर्को सूचना जारी नभए सम्मकालागि स्थगित भएको जनाएको हो ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण देखाउँदै प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको जनाईएको छ ।
यस्तै, जुनसम्मका लागि तय भएको राष्ट्रिय फुटबल टिमका खेल समेत स्थगित गरिएको छ ।
जसमा युरो २०२० को प्लेअफ खेल स्थगित गरिएको छ । युरो कप अर्को वर्ष हुने गरि सारिएको छ । यस्तै महिलाको युरो २०२१ कै छनोट खेल समेत सारिएको छ ।
बुधबार बसेको यूईएफएका ५५ सदस्य राष्ट्रको बैठकले युरोपेली फुटबलका सम्बन्धमा कठिन निर्णय गरेको हो ।