कोरोनाविरुद्ध लड्न भारतीय फुटबलरको सहयोग
मंगलबार, चैत १८, २०७६खेलपाटी संवाददाता

एजेन्सी । कोरोना भाईरसविरुद्ध लड्न भारतीय फुटबल टिमका तीन खेलाडीले आर्थिक सहयोग गरेका छन् ।
भारतीय फुटबल टिम सदस्य प्रितम कोटाल, प्रोनोय हल्देर र प्रबिर दासले मुख्यमन्त्री राहत कोषलाई आर्थिक सहयोग गरेका छन् ।
डिफेन्डर कोटाल र दास समान ५० हजार भारतीय रुपैयाँ मुख्यमन्त्री राहत कोषलाई सहयोग गरेका छन् । यस्तै मिडफिल्डर हल्देरले २० हजार भारतीय रुपैयाँ सहयोग गरेका हुन् ।
चीनबाट फैलिएको कोरोनाको कारण भारत पनि प्रभावित भएको छ । भारतमा कोरोनाले ३० भन्दा बढीको मृत्यु भईसकेको छ ।







-1762660030983.webp&w=3840&q=75)





-1762650963668.webp&w=3840&q=75)