एजेन्सी । इटालीका पूर्व फरवार्ड एन्टोनियो कसानोले डिएगो म्यारोडोना भन्दा मेस्सी उत्कृष्ट खेलाडी भएको बताएका छन् ।
३७ वर्षे फरवार्ड कसानोले म्यारोडोना फुटबलको भगवान भएको तर मेस्सी त्यो भन्दा माथि भएको बताए ।
डेलो स्पोर्ट्ससँग कुरा गर्दै कसानोले अर्जेन्टिनाका लागि मेस्सी जस्तो एकनास प्रदर्शन गर्ने खेलाडी अन्य नभएको समेत बताए ।
'म्यारोडोनाले ४ वा ५ वर्षभन्दा बढी गर्न सकेनन् तर मेस्सीले त्यहिँ काम १५ वर्षबाट गर्दै आइरहेका छन्,' कसानोले भने, 'उनले ७ सय १० गोल र ३ सय असिस्ट गरेका छन् । जब उनी खेल्छन १-० को अग्रता हुन्छ । म्यारोडोनाले यसलाई स्विकार्नु पर्छ ।'

अर्जेन्टिनाका महान खेलाडी म्यारोडोनाले देशका लागि विश्वकप जिताएका छन् । तर, बार्सिलोनाका फरवार्ड मेस्सीले देशका लागि ठुला उपाधि जित्न सकेको छैन ।
रियल मड्रिडका पूर्व स्टार कसानोले मेस्सीविरुद्ध खेलेका छन् । सन् २००६-७ को सिजन रियलले ला लिगाको उपाधि जित्दा कसानो मुख्य खेलाडी थिए ।