• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
चाेटपछि किन फर्कन सक्दैनन् खेलाडी ?
विश्वास थापा
आइतबार, चैत १६, २०७६ विश्वास थापा
चाेटपछि किन फर्कन सक्दैनन् खेलाडी ?

काठमाडौं । नेपालीमा एउटा उखान छ, 'हिंड्ने मान्छे लड्छ'। लडेको मान्छे फेरी उठेर दौडिन सक्नु पर्छ ।

खेलाडी जीवन पनि त्यस्तै हो । चोट लाग्ने प्रबल सम्भावना हुन्छ । कारण उसको धेरै शारीरिक हलचल हुन्छ । चोट कतिबेला कसलाई लाग्छ त्यो थाहा हुँदैन ।

तर, चोट लागेपछि खेलाडीले खेलमा फर्किन विभिन्न उपचार गर्छन ।

प्रविधिको समयमा अहिले जस्तो सुकै चोट पनि छोटो समयमा निको हुने गरेको छ । तर, नेपालको अवस्था फरक छ ।

नेपाली खेलकुदको इतिहास हेर्ने हो भने चोटपछि नेपाली खेलाडीले खेलमा फर्किन निकै संघर्ष गर्दै आएका छन् ।

विशेषत क्रिकेटमा, चोट बोकेका कमै खेलाडी खेलमा फर्किन्छन् र पुरानै लय समात्छन् । कतिपय खेलाडीको खेलमा फर्किन संघर्ष गर्दा गर्दै खेलाडी जीवन समाप्त हुने गरेको छ ।

यसले गर्दा खेलाडीलाई मात्र नभएर टिमलाई समेत असर पर्ने गरेको छ ।

पछिल्लो समयमा नेपाली क्रिकेटले सन्तुलित ओपनिङ जोडीको खोजीमा करिब एक दर्जन खेलाडीको परिक्षण गरिसकेको छ ।

ओपनर सुवास खकुरेल घाइते भएपछि नेपालको ओपनिङमा गिरावट आएको थियो । अझै पनि नेपाल ओपनिङ खेलाडीको खोजीमा रहेको छ ।

कुनै खेलाडी घाइते हुँदा खेलाडीलाई मात्र नभएर टिमलाई समेत त्यसको ठुलो असर पर्छ । राम्रोसँग खेलाडीले पुनरागमन गर्न नसक्दा क्रिकेट संघ र खेलाडी आफैले गरेको लगानी तथा मेहनत खेर जाने अवस्था आउँछ ।

'म घाइते भएँ, ओपनिङ गर्ने विकेटकिपर आउन सकेका छैनन् । योर्कर किङ भनिने जितेन्द्र मुखिया घाइते भए मिडियम फास्ट बलर आउन सकेका छैनन् । अहिले सोमपाल घाइते छन्, उनको स्थाममा फास्ट बलर अलराउण्डर छैनन्,' घाइते जीवनबाट बिस्तारै खेलमा फर्किंदै गरेका सुवास भन्छन् ।

तर, नेपालमा खेलाडीको पुनर्स्थापनाका लागि उचित उपचार प्रविधिको अभाव हुनु समस्या रहेको सुवासको भोगाई छ ।

'खेलाडी घाइते भएर खेलमा फर्किन नसक्नु नेपालको सन्दर्भमा उचित रिहाब नभएर हो,' सुवासले भन्छन्, 'नेपालमा खेलाडीको लागि रिहाब छैन । जति छ, सबै सामान्य व्यक्तिको लागि छ । खेलाडी र सामान्य व्यक्तिको रिहाब फरक हुने गर्छ ।'

कुनै पनि चोटको तीन तह (ग्रेड) हुन्छ । खेलाडी वा व्यक्तिको चोट अनुसार त्यसको तह पत्ता लगाएर उपचार गर्ने गरिन्छ । तेस्रो तहको चोटलाई शल्यक्रियाको आवश्यक हुन्छ । पहिलो र दोस्रो तहको चोट रिहाब गरेर निको पार्न सकिन्छ ।

खेलाडीको हकमा, अपरेसन गर्दा डाक्टरले सामान्य व्यक्तिलाई जस्तै उपचार र त्यसपछिको विधि खेलाडीलाई सिकाउने गर्छन् । तर, खेलाडी सामान्य व्यक्ति भन्दा फरक हुने र उसलाई छिटो निको भएर मैदान फर्किनु आवश्यक हुन्छ । त्यसैले खेलाडीले सामान्य व्यक्ति जस्तै आराम र समय लिन नहुने नेपाल क्रिकेट टिमका फिजियो बिक्रम न्यौपानेको बुझाई छ ।

सामान्य व्यक्ति र खेलाडीलाई एकै उपचार हुन नहुने बिक्रम बताउँछन् । खेलाडीका लागि सामान्य व्यक्ति भन्दा छिटो फिट हुने र खेलमा फर्किन अन्य व्यक्तिको भन्दा फरक उपाय अपनाउनु पर्छ ।

'शल्यक्रियापछि खेलाडीलाई यति दिन आराम मात्र गर्नु भनेर डाक्टरले सुझाउने गर्छन् । जुन मेरो अनुभबमा पुरै गलत हो,' स्पोर्ट्स अथुरिटि इण्डियामा काम गरेको अनुभब सुनाउँदै बिक्रमले भने, 'हाम्रो फोकस खेलाडीलाई जति सक्दो चाँडै खेलमा फर्काउने हो र खेलाडीको लक्ष्य समेत त्यही हो । खेलाडीको लागि टिम फिजियोले भनेको मान्ने कि सर्जनले भनेको मान्ने ? त्यो उनीहरुको बिचार हो ।'

Image may contain: 2 people, people playing sports, people sitting and outdoor

'खेलाडीको लागि चोट निको गराउँदै उसको स्किल र फिटनेस मध्यनजर गर्दै हामीले रिकभरीको उपाय सिकाउने हो,' बिक्रम थप्छन्, 'तर डाक्टरले सामान्य व्यक्तिलाई जस्तै आराम र औषधि दिने गर्छन् । सामान्य व्यक्ति भन्दा खेलाडीको हकमा फरक उपचार हुनु आवश्यक हुन्छ ।'

फिजियो बिक्रमले उदाहरणको रुपमा पृथु बास्कोटालाई उल्लेख गरे । उमेर समूहमा उत्कृष्ट क्षमता देखाएका पृथुलाई भविष्यमा पारसको विकल्पको कप्तान समेत मानिएको थियो ।

'उसको (पृथु) घुँडाको चोट थियो, पुनरागमन गर्ने सकेनन् । किन यस्तो भयो ?' उनले भने, 'उनको रिहाबमा ढिलाई भएको हो कि ? प्रश्न जायज छ, यो प्रश्न अबको आउने खेलाडीमा हामीले हुन दिनु भएन ।'

सामान्य व्यक्ति र खेलाडीको उपचार एकै भएपनि उपचारपछिको समय महत्वपूर्ण हुने गर्छ । खेलाडीले खेलमा फर्किन उपचारपछि लामो समय रेष्टमा बिताउन नहुने फिजियो बिक्रमको बुझाई छ । खेलाडीले उपचारपछिको आराम समयमा डाइट, खुट्टाको समस्या भए खुट्टा बाहेक अन्यको व्यायाम गर्न छुटाउनु नहुने बिक्रम बताउँछन् ।

'विश्वमा हेर्ने हो भने जस्तो चोटपनि छोटो समयमा निको भएर खेलाडीले पुनरागमन गरेका छन् । सम्भव त रहेछ नि । कसरी छ त सम्भव ? डाईट र आराममा समेत खेलाडीले सक्ने र मिल्ने अभ्यास गर्दै आफुलाई एक्टिभ राख्नु पर्छ,' बिक्रम भन्छन् ।

'उदाहरणको रुपमा खेलाडीको हड्डी भाँचीएको हो भने प्रयाप्त मात्रामा क्याल्सियम, भिटामिन डी, प्रयाप्त आरामसंगै उपयुक्त अभ्यासको जरुरत छ,' बिक्रम भन्छन्, 'खेलाडीले 'प्यासिभ रेष्ट नभई एक्टिभ रेष्ट' गर्नु पर्छ । राम्रोसँग यो पालना गर्ने हो भने सामान्य व्यक्ति भन्दा ७५ प्रतिशत छिटो खेलाडी ठिक हुन सक्छन् ।'

यस्तै, खेलाडी शारीरिक रुपमा फिटसँगै मानसिक रुपमा समेत फिट हुन जरुरी छ । खेलाडीले पुनरागमन गरेपछी चोट दोहोरिन्छ कि भनेर उ डराउन हुँदैन ।

'खेलाडीमा डर हुनु भएन । डर भनेको पूर्ण रुपमा निको नभएपछि आउने हो । गलत उपचार वा व्यायाम गरिएको पनि हुन सक्छ,' बिक्रमले थपे ।

यदि कुनै खेलाडीको ढाडमा समस्या देखियो भने ढाडकै कारण हो भन्नु नमिल्ने समेत उनले बताए । अन्य कुराको कारणपनि ढाडमा समस्या देखिएको हुन सक्छ । यस्तै कुरा पत्ता लगाउन क्यानले पहिलो पटक सबै खेलाडीको फुल बढी चेकअप गराएको थियो ।

खेलाडीको फिटनेस र चोट लागेको खेलाडीको रिकभरको लागि रिहाब महत्वपूर्ण हुन्छ । रिहाबको सामान तथा उपकरणहरु महँगो पर्छ । नेपालमा अहिलेसम्म खेलाडीको लागि रिहाब खोलिएको छैन । जति छन् सबैमा सामान्य व्यक्तिलाई जस्तै उपचार गरिन्छ । तर सामान्य व्यक्ति भन्दा खेलाडीलाई फरक रिहाब हुन आवश्यक हुन्छ ।

लामो समयसम्म नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेको कारण खेलाडीले सास्ती खेप्नु परेको थियो । महँगो खर्चमा खेलाडी आफै रिहाब जानु पर्ने बाध्यता रहेको छ ।

'क्यान नहुँदा आफ्नो तरिका र आफ्नो सामानले मात्र काम कर्नु पर्थ्यो । तर अहिले चाहिएको सामान क्यानबाट मगाउन सहज भएको छ,' आउने दिनमा काम गर्न सहज हुने आशावादी हुँदै बिक्रमले भने ।

वैज्ञानिक संसारमा प्रविधिसंगै आफु समेत अपग्रेड हुन जरुरी रहेको बिक्रम ठान्छन् । त्यसको लागि क्यानले आवश्यक सहयोग गर्नेमा पनि उनी विश्वस्त छन् ।

'जसरी ब्याटिङ कोचले आफुलाई अपग्रेड गर्ने गर्छन् त्यस्तै म पनि समयसंगै अपग्रेड हुन जरुरी हुन्छ,' उनले थपे, 'त्यसको लागि म आफ्नो तर्फबाट सक्दो गरिरहेको हुन्छु तर क्यानले समेत समय र आवश्यकता अनुसार तालिममा पठाउन जरुरी हुन सक्छ ।'

चोटबारे सुवास के भन्छन् ?

चोट लागेपछि नेपाली खेलाडी किन खेलमा फर्कन सक्दैनन् ?

हामीसँग प्रयाप्त प्रविधि छैन । एउटा टिमको ट्रेनर हुन्छ, टिमसँग हिड्नु पर्ने भएको कारण उहाँले हामीलाई (घाइते खेलाडी) समय दिन पाउनु हुन्न ।

चोटपछि खेलाडी खेलमा फर्किन कत्तिको गार्हो छ ?

एकदमै कठिन छ । खेलाडीको लागि रिहाब पाउन मुस्किल छ । जहाँ छ, सबै सामान्य व्यक्तिलाई जस्तै रिहाब गर्ने गरिन्छ । सामान्य मान्छेलाई गर्ने र खेलाडीलाई गर्ने रिहाब फरक हुन्छ र खेलाडीलाई अरु भन्दा छिटो निको बनाउने रिहाब गराउनु जरुरी हुन्छ ।'

चोटपछि खेलाडीलाई मैदानमा पुनरागमन गराउन के गर्नुपर्छ ?

नेपाल खेलकुदमा राम्रो सम्भावना भएको देश हो । अझ क्रिकेटमा नेपालले राम्रो छाप छाड्न सफल छ । नेपालले विश्वकप खेल्ने तथा क्रिकेटमा सपनाको बाटो हिड्नु छ भने खेलाडीको भविष्यमा अहिले देखिनै कदम चाल्नु आवश्यक रहेको छ ।

सरोकारवाला निकायले अब के गरोस् जस्तो लाग्छ ?

आर्थिक रुपमा खेलाडीलाई बलियो बनाउनु जरुरी छ । सामान्य खेलाडी आफ्नो खर्चमा रिहाब जान नसक्ने हुनाले क्यानले आफ्नो आफै रिहाब राख्नु निकै आवश्यक छ । हरेक खेलाडीको विकल्प खोज्नु पर्छ । ब्याकअप खोज्नु पर्छ ।

चोटबाट फर्कने एक मात्र उपाय रिहाब भएको हुनाले अबको दिनमा क्यान, राखेप तथा सरकारले उचित कदम चाल्नु आवश्यक छ, खेलाडीको लागि छुट्टै रिहाब निर्माण गर्न जरुरी छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP