छोटो प्रि-सिजनको आवश्यकता पर्छ - पेड्रो

एजेन्सी । इन्ग्लिश क्लब चेल्सीका फरवार्ड पेड्रोले कोरोना भाईरसको महामारीको कारण स्थगित लिग पुन: सुचारु हुनुअघि खेलाडीलाई छोटो प्रि-सिजनको आवश्यकता पर्ने बताएका छन् ।
चेल्सीको वेबसाइटसँग कुरा गर्दै पेड्रोले खेलाडीले घरमा सामान्य अभ्यास गरिरहेपनि लिगका लागि त्यो तयारीले नपुग्ने बताए ।
'तपाई घरमा कडा अभ्यास लिन सक्नुहुनेछ तर उच्च स्तरको लयका लागि त्यो केहि हैन,' ३२ वर्षे पेड्रोले भने, 'म कल्पना गर्छु कि त्यहाँ छोटो प्रि-सिजन हुनुपर्दछ र त्यसपछि हामी सिजन पुरा गर्नका लागि बाँकी खेलहरू तुरुन्तै प्राप्त गर्न सक्दछौं ।'
कोरोनाको कारण इंग्ल्यान्डमा फुटबल गतिविधि अप्रिल ३० सम्म स्थगित गरिएको छ । प्रिमियर लिगले सिजन सकाउने, स्थगितको मिति बढाउने वा रद्द गर्ने बिषयमा आगामी अप्रिल ३ मा बैठक बोलाएको छ ।
यस्तै स्पेनिस फरवार्ड पेड्रोले लिग स्थगित भएका यसले गर्ने असर आफुलाई जानकारी नभएको समेत बताए ।