एजेन्सी । कोरोना भाईरसको फैलदो संक्रमणसंगै प्रिमियर लिग सहित युरोपेली फुटबलको चालू सिजन गुम्ने खतरा बढेको छ ।
युरोपमा तिव्र गतिमा फैलिएको संक्रमणले युरोपेली प्रतियोगिता रद्व हुने सम्भावना बढेर गएको हो ।
युरोपेली फुटबल महासंघ (यूईएफए)का अध्यक्ष अलेक्जेन्डर सेफरिनले जुनको अन्तिमसम्म बाँकी सिजन सुरुवात गर्न नसकेको अवस्थामा चालू सिजन गुम्न सक्ने धारणा राखेका छन् ।
युरोपका अधिकांश फुटबल लिग स्थगित अवस्थामा छन् । कोरोनाकै प्रभावका कारण युरो २०२० अर्को बर्षका लागि सारिएको छ ।
सेफरिनले बाँकी सिजन ढोका बन्द गरेर समेत सक्ने विकल्प अघि सारेका छन् ।
‘यदी हामीले पुन सुरुवात गर्न सकेनौ भने सम्भवत सिजन गुम्नेछ ।’ सेफरिनले भनेका छन् ।
ईटालिन पत्रिकासंग कुरा गर्दै सेफरिनले आफुहरुसंग पहिलो, दोस्रो र तेस्रो योजनाहरु रहेको सुनाएका छन् ।
‘तीन विकल्प भनेको मेको मध्यबाट, जुनबाट वा जुनको अन्तिमबाट प्रतियोगिता पुन सुचारु गर्नु हो ।’ उनले भनेका छन् ।
‘अर्को सिजनको सूरुवातबाट नयाँ सिजन सुरु गर्ने सम्भावना समेत छ । हामी लिग र क्लबका लागि राम्रो विकल्प हेरिरहेका छौ ।’ उनले थपेका छन् ।
ईङ्लिस फुटबल अप्रिल ३० सम्मका लागि स्थगित गरिएको छ ।
सेफरिनले युरोपेली फुटबलका बाँकी खेल ढोका बन्द गरेर खेलाउने विकल्पमा समेत रहेको उल्लेख गरेका छन् ।
‘मेरा लागि ढोका बन्द गरेर सबै खेल खेलाउने कल्पना गर्नु कठिन हो । हामी दर्शक सहित वा दर्शक रहित फुटबल सुरु गछौ भनेर भन्न सकिने अवस्था छैन ।’ उनले भनेका छन् ।
‘यदी कुनै विकल्प छैन भने प्रतियोगिता रद्व गर्ननै उपयुक्त हुनेछ ।’ सेफरिनले भनेका छन् ।
लिभरपुलले प्रिमियर लिगमा २५ अंकको अग्रता कायम राखेको छ । ऐतिहासिक लिग उपाधिबाट लिभरपुल मात्र तीन जित टाढा छ ।