एजेन्सी । कोरोना भाईरसको महामारीविरुद्ध लड्न इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर आरोन राम्सीले आर्थिक सहयोग गरेका छन् ।
वेल्सका स्टार राम्सीले नेसनल हेल्थ सर्भिसका सदस्यहरुको लागि १० हजार पाउण्ड सहयोग गरेका हुन् ।
उनले कार्डिफ एन्ड भाले हेल्थ च्यारिटीबाट उक्त रकम सहयोग गरेका हुन् ।
२९ वर्षे मिडफिल्डरले अनलाइनको माध्यमबाट सहयोग उठाउने उदेश्यले 'स्प्रेड द लभ' नामक अभियान समेत सुरु गरेका छन् ।
चीनबाट फैलिएको कोरोनाको कारण वेल्स पनि प्रभावित भएको छ । र, कोरोनाविरुद्ध लड्न विभिन्न राष्ट्रका खेलाडीहरुले आर्थिक सहयोग गर्दै आइरहेका छन् ।