एजेन्सी । ब्राजिली स्टार फिलिप कौटिन्होले प्रिमियर लिग फर्किने ईच्छा राखेका छन् ।
जर्मन क्लब बार्यन म्युनिखबाट खेलिरहेका कौटिन्हो लोनमा स्पेनिस क्लब बार्सिलोनाबाट आएका हुन् ।
उनीलाई सिरि ए क्लब ईन्टर मिलान र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अनुबन्धनमा चासो देखाईरहेका थिए ।
तर कौटिन्हो भने प्रिमियर लिगमा फर्किने ईच्छा ब्यक्त गरिरहेका छन् ।
लिभरपुलका पूर्व खेलाडी कौटिन्हो सन् २०१८ मा बार्सिलोना गएका थिए । एनफिल्डमा प्रभाव जमाएका कौटिन्होको जादु क्याप नाउमा भने चलेन ।
ब्राजिली स्टार नेमायर पेरिस लागेपछि कौटिन्होलाई बार्सिलोनाले निकै जोड दिएर क्लबमा अनुबन्धन गरेको थियो । तर उनले बार्सिलोनामा नेयमारको अनुपस्थितीलाई पूर्ती गर्न सकेनन् ।
सोही कारण उनी लोनमा बार्यन म्युनिख पुगे । तर बार्यनमा राम्रो प्रर्दशन गरेपनि क्लब उनलाई थप समय राख्न चाहदैन ।
सोही कारण सिरि ए देखि फ्रान्सेली महारथी क्लब कौटिन्हो अनुबन्धनमा जोड गरिरहेका छन् । तर उनी भने प्रिमियर लिगमा आफ्नो करियर अघि बढाउन चाहन्छन् ।
ईङ्ल्याण्डको टोटनहमले केही समय अघि कौटिन्हो अनुबन्धनमा ईच्छा देखाएको थियो ।