तेक्वान्दोको सम्पूर्ण गतिविधि चैत २२ सम्म बन्द
आइतबार, ०९ चैत्र २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाल तेक्वान्दो संघले आगामी चैत २२ गतेसम्म तेक्वान्दोको सम्पूर्ण गतिविधि बन्द गरेको छ ।
संघले आइतबार एक सूचना जारी गर्दै कोराना भाईरसलाई मध्येनजर गर्दै संघको केन्द्रिय, प्रदेश र जिल्लाको कार्यालयसहित डोजाङको प्रशिक्षण चैत २२ गतेसम्मको लागि बन्द गरिएको जनाएको छ ।
सरकारले कोरोना संक्रमणको कारण देखाउदै अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण कार्यालयहरु बन्द गर्न निर्देशन दिएसँगै संघले पनि कार्यालयहरु बन्द गरेको हो ।
कोरोनाको जोखिमलाई मध्ये नजर गर्दै यस अघि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गत साता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएको थियो ।
कोरोनाको कारण नेपालसहित विश्वमा खेलकुद गतिविधि ठप्प रहेको छ ।










%20(1)-1765373001252.jpeg&w=3840&q=75)
-1765371080838.jpg&w=3840&q=75)
-1765366825175.jpeg&w=3840&q=75)




