एजेन्सी । कार्डिफ सिटी र एस्टन भिल्लाका पूर्व मिडफिल्डर पिटर विटिङघमको बिधान भएको छ ।
टाउकोमा गम्भीर चोट बोकेपछि वेल्सको युनिभर्सिटी अस्पतालमा भर्ना भएका ३५ वर्षे मिडफिल्डर विटिङघको बिहिबार निधन भएको हो ।
कार्डिफले बिहिबार एक विज्ञप्ति निकाल्दै विटिङघको निधन भएको जानकारी दिएको हो ।
इंग्ल्यान्डको यू-२१ टोलीका पूर्व सदस्य समेत रहेका विटिङघमले बारीको एक पबमा एक साता अघि दुर्घटनामा चोट बोकेको बताईएको छ ।
विटिङघमले भिल्लाबाट व्यवसायिक फुटबलको सुरुवात गरेका थिए । उनले त्यहाँ ५० बढी खेल खेलेका थिए ।
सन् २००७ मा कार्डिफ आएका उनले सन् २०१७ सम्म ४ सय ५९ खेलमा ९८ गोल गरेका थिए ।
कार्डिफमा १० वर्ष रहदा विटिङघमले क्लबलाई शीर्ष डिभिजन लिग प्रिमियर लिगमा उक्लन महत्वपूर्ण भूमिका खेलेका थिए ।