एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर थोमस म्युनियर जर्मन क्लब बोरुसिया डर्टमण्ड आउने पक्का भएको छ ।
बेल्जियमका डिफेन्डर म्युनियरलाई यस सिजनको समरमा अनुबन्ध गर्न डर्टमण्ड र पीएसजी सहमत भएका छन् । डर्टमण्डले म्युनियरलाई ४५ मिलियन पाउण्डमा अनुबन्ध गर्ने भएको हो ।
पीएसजीमा पछिल्लो समय कम मौका पाएपछि २८ वर्षीय म्युनियरले क्लब छाडेका हुन् ।
म्युनियर सन् २०१६ मा क्लब ब्रुगबाट पीएसजी आएका थिए ।