एजेन्सी । कार्डिफ सिटी र एस्टन भिल्लाका पूर्व मिडफिल्डर पिटर विटिङघम अस्पताल भर्ना भएका छन् ।
टाउकोमा गम्भीर चोट बोकेपछि विटिङघम वेल्सको युनिभर्सिटी अस्पतालमा भर्ना भएका हुन् ।
इंग्ल्यान्डको यू-२१ टोलीका पूर्व सदस्य समेत रहेका विटिङघमले बारीको एक पबमा दुर्घटनामा चोट बोकेको बताईएको छ । उनको चोट निकै गम्भीर भएको बताईएको छ । विटिङघमको चोटको घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
३५ वर्षे विटिङघमले भिल्लाबाट व्यवसायिक फुटबलको सुरुवात गरेका थिए । उनले त्यहाँ ५० बढी खेल खेलेका थिए ।
सन् २००७ मा कार्डिफ आएका उनले सन् २०१७ सम्म ४ सय ५९ खेलमा ९८ गोल गरेका थिए ।
कार्डिफमा १० वर्ष रहदा विटिङघमले क्लबलाई शीर्ष डिभिजन लिग प्रिमियर लिगमा उक्लन महत्वपूर्ण भूमिका खेलेका थिए ।