एजेन्सी । युरोपेली फुटबल महासंघ (यूईएफए)का अध्यक्ष एलेक्सान्डर सेफेरिनले प्रिमियर लिगको सिजिन रद्व भए लिभरपुलले उपाधि पाउने सम्भावनालाई अस्विकार गरेका छन् ।
कोरोना भाईरसका कारण सिजन रद्व भए लिभरपुलले उपाधि हात पार्ने समाचार सार्वजनीक भएका थिए । यूईएफएका अध्यक्षले सो समाचारको खण्डन गर्दै उपाधि सम्भावनालाई नकारेका हुन् ।
झण्डै ३० बर्षपछि लिभरपुल प्रिमियर लिगको उपाधिको नजिक छ । योर्गेन क्लोप नेतृत्वको टिम उपाधिबाट मात्र दुई जित टाढा छ । तर सिजन रद्व भए लिभरपुलले उपाधि गुमाउने सम्भावना बढेको छ ।
कोरोनाको प्रभावका कारण ईङ्ल्याण्डको शीर्ष डिभिजनको फुटबल अप्रिल ४ सम्म स्थगित छ ।
सिजन अगाडी बढ्ने र खेलहरु पछिल्लो मितिमा खेल्न सकिने बिषय टुङ्गो लागेको छैन ।
रिपोर्टहरुले २९ खेलको समाप्तिमा लिगमा २५ अंकको अग्रता लिएको लिभरपुललाई उपाधि दिनुपर्ने धेरैको सुझाव छ ।
पछिल्ला समाचारको बिषयमा यूईएफएका अध्यक्षले भनेका छन्, ‘मैले फेरी गलत समाचार हेरेको छु र सुनेको छु कि यूईएफले लिगलाई यथास्थितीमा सकाउन सल्लाह दिनेछ । र अहिलेको नम्बर एकमा रहेका टिमलाई विजेता घोषित गर्न निर्णय गर्नेछ ।’
उनले प्राप्त पछिल्ला सबै समाचार गलत रहेको भन्दै खण्डन गरेका छन् ।
‘हाम्रो उद्वेश्य लिग सकाउनुनै हो । तर हामीले कुनै संघ र लिगलाई यस्ताे सल्लाह दिएका छैनौ ।’ उनले भनेका छन् ।
स्पेनिस महासंघका अध्यक्ष लुईस रुबियल्सले सिजन नसकिएको खण्डमा लिग लिडर बार्सिलोनालाई उपाधि दिन नसकिने बताईसकेका छन् ।
यूईएफएले युरो २०२० स्थगित गर्दै अर्को समर सिजनमा गर्ने निर्णय गरेको छ ।