जापानले सोध्यो – ओलम्पिकको तयारी के छ ?

नेपालको ओलम्पिक तयारीको बिषयमा छलफल गर्दै जापानी पक्ष, मन्त्रालयका सचिव र एनओसी महासचिव । फोटो : एनओसी
काठमाडौं । टोकियो ओलम्पिकमा नेपालको सहभागिताबारे जापान र नेपाली प्रतिनिधिबीच छलफल भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयमा बुधबार टोकियो ओलम्पिकमा नेपालको सहभागिता र हालको अवस्थाबारे छलफल भएको नेपाल ओलम्पिक कमिटिले जनाएको छ ।
छलफलमा नेपाल ओलम्पिक कमिटिका महासचिब निलेन्द्रराज श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिब राम थपलिया, जापान दुतावासको कन्सुलर युजो योसिका र सचिव युरिका अकियामाको सहभागिता रहेको थियो ।
छलफलमा जापान दुतावासको कन्सुलर युजो टोकियो ओलम्पिक निर्धारित समयमै हुने जानकारी गराउदै सहभागिको स्वास्थ्यको सुरक्षाका लागि जापान सरकारले सक्दो प्रयास गरिरहेको जानकारी दिएका थिए ।
उनले टोकियो ओलम्पिक निर्धारित समयमा गर्न आफुहरु तयार रहेको भन्दै नेपालको तयारीको बारेमा जिज्ञाशा राखेका थिए ।
यस्तै, एनओसीका महासचिब निलेन्द्रराज श्रेष्ठले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको विकासित अवस्थाबारे चिन्ता देखाउदै जापानी पक्षबाट लिइएको सुरक्षा उपायको बारेमा जिज्ञाशा राखेका थिए ।
महासचिव श्रेष्ठले आफुहरु खुसीका साथ टाेकियाे ओलम्पिकमा भाग लिने बताउँदै खेलाडी र अफिसियलको सुरक्षाकाे बिषयमा जापानी पक्षकाे ध्यानाकर्षण गराएका थिए ।
'टोकियो ओलम्पिकमा खुसीको साथ भाग लिन्छौ । पहिलो पटक हामीले टोकियोमै ओलम्पिक खेलेका हौ । सुरक्षाको बिषयमा जापानले विश्वस्त बनाउन अनुराेध गर्दछाै ।' भेटघाटको क्रममा महासचिव श्रेष्ठले भने ।
नेपालको ओलम्पिक तयारी र सहभागीको बिषयमा जानकारी लिन जापानी पक्षले खेलकुद मन्त्रालय र ओलम्पिक कमिटिसंग छलफल गरेको हो ।
जापानले आसन्न टोकियो ओलम्पिक निर्धारित समयमा आयोजना गर्न आफु तयार रहेको बताउँदै आएको छ ।










-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



