एजेन्सी । कोरोना भाईरसको प्रकोप बढ्दै गएपछि इन्ग्लिश क्लब स्वान्सी सिटीले प्रशिक्षण बन्द गरेको छ ।
कोरोना भाईरसलाई मध्येनजर मैदानको प्रशिक्षण स्थगित गरिएको क्लबले जनाएको छ ।
च्याम्पियनसिप क्लब स्वान्सीले आफ्नो पहिलो टिमको प्रशिक्षण एक साताको लागि बन्द गरिएको जनाएको छ । एक सातापछि भने कोरोनाको प्रकोपको अवस्था हेरेर निर्णय गरिने बताएको छ ।
स्वान्सीले आफ्नो टिमको प्रशिक्षण लाण्डोरेस्थित एकेडेमीमा गर्दै आएको थियो ।
यस्तै स्वान्सीले खेलाडीलाई घरैमा व्यक्तिगत प्रशिक्षण गर्न समेत भनेको छ ।
चीनबाट सुरु भएको कोरोनाको कारण इंग्ल्यान्डमा आगामी अप्रिल ३ सम्मको लागि फुटबल गतिविधि बन्द गरिएको छ ।