एजेन्सी । इङ्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले कोरोना भाईरसको कारण काममा नआएपनि आफ्ना कर्मचारीलाई तलब दिने भएको छ ।
क्रिस्टलका प्रमुख स्टिभ पारिशले काममा नआएपनि सम्पूर्ण कर्मचारीलाई काममा नआएपनि पूर्ण तलब दिने बताएका छन् । यस्तै उनले म्याच डेका कर्मचारीलाई पनि आर्थिक भार नपार्ने बताएका छन् ।
विश्वभर महामारीको रुपमा कोरोना भाईरस फैलिएपछि क्लबका सम्पूर्ण कर्मचारी काममा आएका छैनन् ।
चीनबाट फैलिएको कोरोनाको कारण प्रिमियर लिग फुटबल अप्रिल ४ सम्मको लागि स्थगित गरिएको छ ।
प्रिमियर लिगले कोरोनाको प्रकोपबारे थप छलफल गर्ने बिहिबार बैठक समेत बोलाएको छ ।