आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

सागको पुरस्कार वितरणको मनोविज्ञान

बुधबार, ०५ चैत्र २०७६हिम बिक्रम केसी
सागको पुरस्कार वितरणको मनोविज्ञान
Loading ad...
mustang rice ad

काठमाडौं ।

फागुन पनि बित्यो । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जितेका खेलाडीले पुरस्कार भने पाएनन् ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले बाचा गरेका थिए, फागुन मसान्तसम्म खेलाडीले पुरस्कार पाउँछन् ।

तर, चैतको पहिलो साता बित्न लाग्यो । खेलाडीको खातामा पैसा गएको छैन ।

कहिले पुग्न ? भन्न सकिने अवस्था छैन ।

१३ औं साग मंसिर २४ गते सकियो ।

भोलीपल्टै प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा सबै खेलाडी र अफिसियललाई बालुवाटार बोलाए ।

शारिरिक अवस्था अनुकुल नभएपछि उनी सागको उद्घाटन र समापनमा सहभागी हुन पाएका थिएनन् । अस्पतालको शैयाबाट उनले सागका गतिविधि टेलिभिजन स्क्रिनमा नियालेका थिए ।

तर, उनले भोलीपल्टै सबै खेलाडीलाई बालुवाटारमा बोलाए ।

पदक विजेता खेलाडीलाई धन्यवाद दिने र पुरस्कार रकम घोषणा गर्ने कार्यक्रम थियो ।

भर्खरै शल्यक्रियाबाट तंग्रिन थालेका प्रधानमन्त्रीले संक्रमणको डरलाई बेवास्ता गर्दै लामो मन्तव्य बालुवाटारको सभाहलमा खेलाडीलाई दिए ।

आफुपनि कुनै समय पौडीबाच रहेको तथ्य बालुवाटारमै उजागर गरे, गौरिका सिंहको गरिमा बढाए ।

अन्तिममा सागको पदक विजेता खेलाडीलाई दिने रकम घोषणा गरे ।

पुरस्कार रकम घोषणा गर्दै गर्दा उनले व्यक्तिगत स्पर्धामा पदक जित्ने खेलाडीले पाउने रकम घोषणा गरे । तर, टिम स्पर्धामा भने घोषणा गर्नै सकेनन । उनले यत्ति भने, टिम स्पर्धाका स्वर्णधारीले ५ लाख पाउँछ ।

Image result for सागको पुरस्कार khelpati

त्यसो भए रजत र कास्य जित्नेले कति पाउने ? अन्यौलता कायम रह्यो ।

प्रधानमन्त्रीको अन्यौलताले मन्त्रालय, राखेप र प्रधानमन्त्री कार्यालयले तयारी नगरेको प्रष्ट बुझिन्थ्यो ।

प्रधानमन्त्री ओलीको पुरस्कार रकम बढाएर घोषणा गरे । छुटेका बिषयलाई कार्यविधि समेट्ने भनियो ।

तर, पुरस्कार रकम दिन कार्यविधि संशोधन गर्न पर्ने थियो ।

मंसिरमा प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कारको कार्यविधि बन्न र मन्त्रीपरिषदबाट पास हुन झण्डै तीन महिना लाग्यो ।

पारित कार्यविधि अनुसार अर्थमन्त्रालयले पुरस्कार रकम निकासा गरिदियो ।

रकम निकासा भएसंगै मन्त्रालय र परिषदले भव्य कार्यक्रमको आयोजना गरेर प्रधामन्त्रीको हातबाट पुरस्कार हस्तान्तरण गर्ने तयारी थाले ।

सोही अनुसार फागुनभित्रमा पुरस्कार रकम खेलाडीले पाउने सार्वजनिक अभिव्यक्ति दिए ।

तर, प्रधानमन्त्री दोस्रो पटक मृगौला प्रत्यारोपणका लागि फागुन १९ गते अस्पतालमा भर्ना भईदिए ।

अनि सागको पुरस्कार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थासँग गएर जोडियो ।

प्रधानमन्त्रीको शल्यकिया सफल भयो । तर प्रधानमन्त्री सक्रिय कामकाजमा फर्कन करिब ६ महिना लाग्ने उनका नीजि चिकित्सक दिव्या सिंहले पत्रकार सम्मेलनमा बोलिन् ।

प्रधानमन्त्री त निको हुँदै थिए, तर चीनबाट सुरु भएको कोरोना भाईरसको संक्रमण विश्वभर फैलन थालिसकेको थियो ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई संक्रमणको उच्च जोखिम भएको देशमा राख्यो ।

प्रधामन्त्रीको जटिल स्वास्थ्य अवस्था र कोरोनाको संक्रमणको डरले तत्काल सभा सम्मेलन, सार्वजनिक कार्यक्रम गर्न बन्देज लाग्यो ।

त्यसको प्रत्यक्ष असर सागको पुरस्कार वितरणमा समेत पर्यो ।

प्रधानमन्त्री अस्पतालमा थिए । कोरोनाले विश्वभर आतंक मच्चाउन सुरु गरिसकेको थियो ।

त्यसैले, मन्त्रालय र राखेपले अर्थ मन्त्रालयबाट निकासा भएको रकम फागुनभित्र खेलाडीको खातामा सिधै हालिदिने भन्दै बैंक एकाउन्ट र शाखा कार्यालयको नाम समेत मगाए ।

तर फागुन ३० गते प्रधानमन्त्री डिस्चार्ज हुने भएपछि तत्काल रकम खेलाडीको खातामा हालिने मन्त्रालय र राखेपको तयारमा ‘ब्रेक’ लागेको छ ।

खेलकुद मन्त्रालयको उच्च स्रोतका अनुसार मन्त्रालय र राखेप प्रधानमन्त्रीको ‘ग्रिन’ सिग्नल पर्खिएर बसेको छ ।

प्रधानमन्त्रीको हातबाट पुरस्कार बाँड्न लगाएर ओलीलाई खुसी बनाउने खेलकुद मन्त्रालय र राखेपको योजनाकै कारण सागका पदक विजेता खेलाडीको पुरस्कारमा ढिलाई भईरहेको छ ।

अस्पतालबाट बालुवाटार फर्किएका प्रधानमन्त्री राष्ट्रिय महत्वका विविध बिषयमा अल्झिरहेका छन् । मन्त्रालय र परिषद्ले प्रधानमन्त्रीसँग समन्यव गर्न नसक्दा खेलाडीको पुरस्कार वितरण अन्यौलमा परेको छ ।

सागको पुरस्कार रकम सम्बन्धि कार्यविधि मन्त्रीपरिषदबाट पास भएपनि अर्थमन्त्रीले प्रधानमन्त्रीको ग्रिन सिग्नल नपाएर दुई दिनसम्म रकम निकासै गरेनन् । सोही अनुसार प्रधानमन्त्रीको सिग्नल नपाएसम्म पुरस्कार रकम कसरी वितरण गर्ने भन्नेमा मन्त्रालय र परिषदनै अन्यौलनमा छन् । उच्च स्रोतले खेलपाटीलाई भन्यो ।

यही अन्यौलताले निकासा भईसकेको खेलाडीको रकम वितरणमा ढिलाई भईरहेको छ ।

वरिष्ठ खेलपत्रकार सिताराम अग्रहरी पुरस्कार वितरणमा सरकारले ढिलाई गर्दा बाहिर राम्रो सन्देश नजाने बताउँछन् ।

‘समष्टिवादको ब्याख्या गर्दै घोर व्यक्तिवादी सोचका कारण समस्या आएको हो । प्रस्तुत घटना समाजको स्तुतीवादी सोचको उच्चतम उपज हो ।’ उनी भन्छन् ।

अग्रहरी सरकारको काम गर्ने शैलीले देश र खेलकुद कसरी अगाडी बढ्ने भन्दै प्रश्न गर्छन् ।

‘यस्तो काम गर्ने शैलीले कसरी अगाडी बढ्न सकिन्छ ? उत्साहीत खेलाडीको मनमा के हुन्छ ? यसले राम्रो सन्देश जादैन ।’ अग्रहरी टिप्पणी गर्छन् ।

सरकार, मन्त्रालय र परिषद् खेलाडीलाई सहयोग गर्ने संस्था रहेको उल्लेख गर्दै उनले खेलकुदको नाममा ओठे भक्ती गराउने संस्कृति खेलकुदमा विद्यमान रहेको बताउँछन् ।

‘जो बेहुला हुनुपर्ने हो, त्यो जन्ती भएको छ । जो जन्ती हुनुपर्ने हो, त्यो बेहुला भएको छ ।’ अग्रहरी भन्छन्, ‘खेलकुद घोडा अगाडीको बग्गी जस्तो भएको छ ।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा