एजेन्सी । बर्नलीका प्रशिक्षक सिन डिचेले प्रिमियर लिगको 'म्यानेजर अफ दि मन्थ' अवार्ड जितेका छन् ।
फेब्रुअरी महिनाको उत्कृष्ट प्रशिक्षक बन्दै डिचेले 'म्यानेजर अफ दि मन्थ' अवार्ड पाएका हुन् ।
डिचेले फेब्रुअरी महिनामा क्लबलाई अपराजित राख्न सफ़ल भएका थिए । बर्नलीले फेब्रुअरीमा आर्सनल र न्युकासलसँग बराबरी खेल्दा साउथह्याम्पटन र बर्नेमाउथलाई हराएको थियो ।
फेब्रुअरीको उत्कृष्ट नतिजासँगै बर्नली लिगको दशौँ स्थानमा समेत उक्लिएको थियो । .