एजेन्सी । प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडले मिडफिल्डर नेमान्जा माटिसको सम्झौता नविकरण गरेको छ ।
म्यान्चेष्टर क्लबले ३१ बर्षिया मिडफिल्डरको सम्झौता एक बर्ष बढाएको हो ।
पछिल्लो समय उत्कृष्ट फर्ममा देखिएका माटिसलाई युनाईटेडले सन् २०२१ सम्म क्लबमै राख्ने भएको छ ।
क्लब र खेलाडीबीच लामो सम्झौता गर्ने बिषयमा समेत छलफल चलेको छ ।
माटिसको क्लबसंगको सम्झौता तीन महिनामात्र बाँकी थियो । तर क्लबले उनीसंगको सम्झौता कम्तिमा २०२१ सम्म राख्न चाहेको थियो ।
माटिस नयाँ गन्तव्यको खोजीमा रहको थिए । समर ट्रान्सफरमा उनलाई धेरै क्लबले अनुबन्धनको ईच्छा देखाएका थिए । जसमा सिरि ए क्लब ईन्टर मिलान समेत एक हो ।
प्रशिक्षक आले गुनर सोल्सायरले क्लबमै माटिसको भविष्य रहेको भन्दै विश्वस्त गराएपछि उनी युनाईटेडमै रहने भएका हुन् ।
युनाईटेडका मिडफिल्डरले चौथो स्थानको चेल्सीसंग अंक दुरी कम गर्ने युनाईटेडको प्रर्दशनमा महत्वपुर्ण भुमिका खेलेका छन् ।
कोरोना भाईरसका कारण प्रिमियर लिगको खेल अनिश्चित छ । सोही अवधिमा क्लबले सम्झौता सकिन लागेका खेलाडीसंग सम्झौतालाई टुङ्गयाउन चाहेको देखिन्छ ।