आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनओसीका ९ कमिसन गठन, प्रदेश ईन्जार्च नियुक्त

मंगलबार, ०४ चैत्र २०७६खेलपाटी संवाददाता
एनओसीका ९ कमिसन गठन, प्रदेश ईन्जार्च नियुक्त

तस्बिर सौजन्य - सुदर्शन रञ्‍जित

Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) को बोर्ड बैठकले विभिन्न ९ कमिसन गठन गरेको छ ।

सोमबार पोखरामा बसेको एनओसीको बोर्ड बैठकले कमिटिका गतिविधि सञ्चालनका लागि ९ कमिसन गठन गर्दै संयोजनको टुङ्गो लगाएको हो ।

बैठकले वुमन्स एण्ड स्पोर्ट्सको संयोजकमा ज्योती राणा, कल्चरको संयोजकमा रामजी श्रेष्ठलाई नियुक्त गरेको छ ।

यस्तै, मार्केटिङको संयोजकमा गोपाल कक्षपति तथा सदस्यमा तासी घले र प्रकाश शमशेर राणालाई जिम्मेवारी दिएको छ ।

स्पोर्ट्स फर अलको संयोजकमा विष्णु गोपाल श्रेष्ठ र मेडिकलको संयोजकमा सरोजकुष्ण श्रेष्ठ, स्पोर्ट्स साईकोलोजीमा ईन्द्र गुरुङ, पिस थट स्पोर्ट्समा रमेश महर्जन, स्पोर्ट्स एण्ड ईन्भ्यारोमेन्टमा गोवर्धन श्रेष्ठ, ईन्फर्मेसन एण्ड स्टाटिस्कमा मोहन नेपाललाई संयोजक तोकेको छ ।

एथ्लेटिक कमिसन भने चुनावको माध्यमबाट तीन महिनाभित्र गठन गरिने निर्णय भएको छ ।

बैठकले संघीय संरचना अनुसार सातै प्रदेशमा ओलम्पिक कमिटि गठन गर्दै ईन्चार्ज तोकेको हो ।

बैठकले प्रदेश एकको ईन्चार्जमा पिताम्बर तिम्सिना, प्रदेश दुईको संयोजकमा अशोक बज्राचार्य तथा सदस्यमा रामजी बहादुर श्रेष्ठ र प्रकाश राणा रहेका छन् ।

यस्तै, बाग्मती प्रदेशको संयोजकमा शुुनिलकुमार श्रेष्ठ, गण्डकी प्रदेशको संयोजकमा तेज गुरुङ तथा सदस्यमा तासी घले रहेका छन् ।

प्रदेश पाँचको संयोजकमा तुलसी थापा तथा सदस्यमा दिर्घ केसी, कर्णाली प्रदेशको संयोजकमा दिपकहर्ष बज्राचार्य र सदुरपश्चिम प्रदेशको संयोजकमा रतन टण्डनलाई जिम्मेवारी तोकेको छ ।

बैठकले सातै प्रदेशनमा ईन्जार्च सहितको प्रदेश कमिटि गठन गरेको हो । प्रदेश कमिटिले संघीय संरचना अनुसार प्रदेशको खेलकुद गतिविधिको संयोजन गर्नेछन् ।

बैठकले विभिन्न कार्यक्षेत्रलाई संयोजन गर्न तीन कमिटि गठन गरेको छ ।

एनओसीले गठन गरेको नेश्नल गेम्स र च्याम्पियनसिप कमिटिको संयोजकमा पिताम्बर तिम्सिना तथा सदस्यमा रामजीबहादुर श्रेष्ठ र दीर्घबहादुर केसी रहेका छन् ।

यस्तै अन्तराष्ट्रिय खेलको संयोजकमा निलेन्द्रराज श्रेष्ठ र एनओसी कार्यक्रमको संयोजकमा अशोकरत्न बज्रचार्य तथा सदस्यमा दिपक हर्ष बज्रचार्य, रमेश शिवाकोटी, राम अवाले रहेका छन् ।

यस्तै, गैरावशिय नेपाली संघको संयोजकमा तेजबहादुर गुरुङ तथा राष्ट्रिय खेलकुद संघको संयोजकमा चतुरानन्द राज बैद्य र सदस्यमा होम दोङ्ग रहेका छन् ।

बैठकले एनओसीको दैनिक कार्यलाई व्यवस्थित बनाउन कार्यकारी राख्ने निर्णय गर्दै सो पदमा उपाध्यक्ष चतुरानन्द बैद्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

कमिटिको विद्यान अनुसार मानार्थ अध्यक्षमा ओलम्पिकका पूर्व अध्यक्षद्धय रुकम शमशेर राणा र ध्रुव बहादुर प्रधानलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

यस्तै, एनओसीको सल्लाहकारमा पूर्वमन्त्रीद्धय पुरुषोत्तम पौडेल र शरद सिँह भण्डारीलाई तथा बरिष्ठ अधिवक्ता लोक भक्त राणालाई कानूनी सल्लाहकारमा मनोनयन गर्ने निर्णय गरेको छ ।

बैठकले एनओसीको वार्षिक साभारण सभाको दिन ओलम्पिक अभियानमा योगदान दिने विभिन्न ७ विधामा पत्रकार, खेल संघ र खेलाडीलाई नगद २५ हजार रुपैया सहित ओलम्पिक अवार्ड प्रदान गर्ने निर्णय गरेको छ ।

बालकालिकाका लागि एसियन गेम्स नेपालमा आयोजना गर्न सरकार र गण्डकी प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गर्दै बैठकले लामो समयदेखि उपचारको क्रममा रहेका कमिटिका पूर्व महासचिव लामा टेण्डी शेर्पालाई एनओसीबाट ५ लाख र एनओसीका पदाधिकारीबाट ५ लाख गरेर १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकमा एनओसी कार्यसमितिका १९ जनानै सदस्यको उपस्थिती रहेको थियो ।

जीवनराम श्रेष्ठ दोस्रो पटक अध्यक्षमा निर्वाचित भएर आएपछि एनओसीको पहिलो पटक बोर्ड बैठक बसेको हो । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग आयोजना र सञ्चालनमा पटक पटक अनौपचारिक बैठक बसेपनि निर्वाचित कार्यसमितिको बोर्ड बैठक पहिलो पटक बसेको हो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा