एन्फाको वार्षिक साधारण सभा स्थगित
मंगलबार, ०४ चैत्र २०७६खेलपाटी संवाददाता

फाइल तस्बिर
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ औं वार्षिक साधारण सभा बैठक स्थगित भएको छ ।
एन्फाले मंगलबार एक विज्ञप्ति निकाल्दै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को जोखिमलाई मध्येनजर गरेर चैत तेस्रो साता तय भएको साधारण सभा स्थगित गरिएको जनाएको छ ।
एन्फाले वार्षिक साधारण सभा चैत १६ गते गर्ने तालिका रहेको थियो । तर, कोरोनाको संक्रमणलाई देखाएर फिफा र एएफसीका प्रतिनिधि नआउने भएपछि साधारण सभा रोकिएको हो ।
एन्फाले साधारण सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।













-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)