एजेन्सी । इटालियन फुटबलर्स एसोसियसनका अध्यक्ष डामिनो टोमासीले सिरि 'ए' को सिजन अप्रिलमै सुरु गर्न कठिन हुने बताएका छन् ।
कोरोना भाईरसको संक्रमण समाधानको स्थितीमा अगाडी बढेमा सिरि 'ए' को बाँकी सिजन मे वा जुनमा मात्र सुरु हुने बताएका टोमासीको अनुमान छ ।
इटालीले सिरि 'ए' सहित घरेलु फुटबलका सम्पूर्ण गतिविधि अप्रिल ३ सम्मका लागि स्थगित गरेको छ । चीन सहित कोरोनाबाट सबै भन्दा बढी प्रभावित देश इटाली हो ।
इटालीमा रोगको संक्रमणबाट १ हजार ८ सय ९ जनाको ज्यान गएको छ । करिब २५ हजार मानिस कोरोनाबाट संक्रमित छन् ।
इटालीले युरो कप २०२० स्थगित गर्न प्रस्ताव गरेको छ ।
अध्यक्ष टोमासीले अप्रिलको सुरुवातमै खेल सुरुवात गर्न असम्भव रहेको बताएका छन् ।
‘सबै चिज सकारात्मक रुपमा अगाडी बढेमा जुन र मेमा स्थगित खेल सुरु गर्न सकिन्छ । जब हामी फुटबलको कुरा गछौ । त्यो समय हामी खेलाडीको सुरक्षालाई मुख्य रुपमा हेर्छौ । तर टिमका पछाडी सारा विश्व रहेको छ ।’ उनले भनेका छन् ।
‘धेरै मानिस छन्, जो इटाली र युरोपका सबै ठाउँमा घुम्छन् । भेटघाट गर्छन्, आफ्ना कामहरु गर्छन् । तर समस्या इटालियनलाई मात्र छैन । सोही कारण युईएफले युरोपियन युनियन जसरी व्यवहार गर्न जरुरी छ ।’ उनले थपेका छन् ।