एजेन्सी । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको होटेलले कोरोना भाईरस संक्रमितका लागि होटललाई अस्थायी अस्पतालमा रुपान्तरण गर्ने समाचारको खण्डन गरेको छ ।
लिस्बनमा रहेको पेस्टना सीआर सेभेन होटलले कोरोना संक्रमितको उपचारका लागि अस्थायी अस्पताल बनाउने समाचार निराधार भएको जनाएको द सनले लेखेको छ ।
चीनबाट फैलिएको कोरोना भाईरसले महामारीको रुप लिईरहको समय रोनाल्डोको होटललाई अस्थायी अस्पताल बनाउन लागिएको समाचार बाहिर आएको थियो । जसको चौतर्फी तारिफ भएको थियो ।
पोर्चुगलमा हालसम्म १६९ मानिसमा कोरोनाको संक्रमण देखिएको छ । तर, कसैको पनि मृत्यु भएको छैन ।
'हामी हस्पिटल बनेका छैनौँ । हरेक दिन यो होटेल नै रहेको छ,' होटलले भनेको छ ।
कोरोनाको कारण रोनाल्डो आफै पनि केहि दिन क्वारेन्टाइनमा बसेका थिए । किनकी रोनाल्डोले खेल्ने क्लब युभेन्ट्सको इटालीमा धेरै मानिसको मृत्यु भईसकेको छ ।