काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आज (मंगलबार ) दुई खेल हुँदैछ ।
लिगको छैटौं चरणको खेल अन्तर्गत मंगलबार दुई खेल हुन लागेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा ब्वाईज युनियन क्लब र रानीपोखरी कर्नर टिम आरसीटीबीच खेल हुनेछ । ब्वाईज र आरसीटीको खेल अपरान्ह १२:३० बै सुरु हुनेछ ।
ब्वाईज ७ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ । आरसीटी भने ५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
अर्को खेलमा सातदोबाटो युथ क्लबले झम्सिखेल युथ क्लबसँग खेल्नेछ । सातदोबाटो र झम्सिखेलबीचको खेल दिउँसो ३:१५ बजे सुरु हुनेछ ।
शीर्ष स्थानको सातदोबाटोले अपराजित रहदै ५ खेलमा १५ अंक जोडेको छ । झम्सिखेल ५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।