एजेन्सी । ब्राजिलमा फुटबल गतिविधि अनिश्वित कालसम्मका लागि बन्द गरिएको छ ।
कोरोना भाईरसको महामारीको कारण ब्राजिल फुटबल फेडेरेसनले फुटबल गतिविधि अनिश्चित समयको लागि स्थगित गरिएको जनाएको छ ।
'ब्राजिल फुटबल फेडेरेसनले सोमबारबाट फुटबलका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ,' विज्ञप्तिमा भनिएको छ ।
चीनबाट फैलिएको कोरोनालाई मध्येनजर गर्दै फिफाले फिफा विश्वकपको दक्षिण अमेरिकी छनोट समेत स्थगित गरिसकेको छ ।