काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा श्री भगवती युथ क्लब र टुसाल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा श्री भगवती र टुसालले १-१ गोलको बराबरी खेलेको हो ।
सुरुवाती अग्रता बनाएपनि अन्तिम समयमा चुक्दा श्री भगवतीले बराबरीमा चित्त बुझाएको हो ।
खेलको आठौं मिनेटमा मोहन बहादुर थापा मगरको गोलबाट श्री भगवतीले अग्रता बनाएको थियो । तर, खेलको इन्जुरी समयमा संगम शाहीले गोल गर्दै टुसाललाई हारबाट जोगाएका थिए ।
बराबरीसंगै चौंथो स्थानको टुसालले ५ खेलमा ८ अंक जोडेको छ । सातौंको श्री भगवतीले ५ खेलमा ५ अंक जोडेको छ ।
आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।